Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमन्त्रीद्धारा सुर्खेत जिल्लाको निर्वाचन तयारीबारे गरे अनुगमन

Citizenlife ad 2082 falgun to baishak 2083

सुर्खेत । अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालले निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्धको स्थिति र आचारसंहिता परिपालनाको अवस्था समेतका विषयमा जानकारी लिए ।

सो अवसरमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्‍वर उपाध्यायले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २० वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको विषय अर्थमन्त्रीलाई जानकारी गराए । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा प्रदेश निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपक ढकाल, निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत कैलाश भट्टराई, प्रदेश निर्वाचन अधिकारी लाल बहादुर गुरुङ्गसँग छलफल गरी निर्वाचनको हालसम्मको तयारी र अवस्थाका बारेमा जानकारी लिए ।

अर्थमन्त्रीले गुर्भाकोट नगरपालिकाको मेहलकुनास्थित निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालयको समेत स्थलगत भ्रमण गरे । सुर्खेत जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्‍चात अर्थमन्त्रीले निर्वाचनको तयारीका क्रममा जोखिमयुक्‍त वातावरण नरहेको, निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको र स्थानीयस्त राजनीतिक दल तथा उमेदवारहरुका बीचमा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको आफूले अनुभूत गरेको विषय जानकारी गराए ।

Health Tips Ad Road Block