Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको थियो ।

सो अवसरमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले ‘निर्वाचन पर्यवेक्षणः अवधारणा र नेपालको अभ्यास’, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को व्यवस्थापन (मतदानस्थल, मतदान केन्द्र, मतगणनासमेत) कार्यतालिका र कार्यक्रम’ विषयमा प्रस्तुति गरेका थिए ।

यसैगरी कानुन तथा दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०८२ सम्बन्धी जानकारी’ र सहसचिव ज्ञानहरि घिमिरेले ‘प्रतिनिधिसभासम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली’ विषयमा प्रस्तुति गरी निर्वाचनमा पर्यवेक्षण गर्ने ३७ वटा राष्ट्रिय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई पर्यवेक्षकले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव कृष्णबहादुर राउतलगायतले पर्यवेक्षकले नेपालको संविधान, निर्वाचन कानुनका बारेमा बुझेको हुनुपर्नेमा जोड दिएका थिए । पर्यवेक्षकले मतदानअघि, मतदानको समय र मतदानपछि मतगणनाका समयका गरी तीनवटै समयका गतिविधिका बारेमा पर्यवेक्षण गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

निर्वाचन पर्यवेक्षकले पनि निर्वाचन आचारसंहिता, २०८२ भित्र रहेर काम गर्नुपर्ने, पर्यवेक्षकले सवारी पासको दुरुपयोग गर्नु नहुने, कुनै दलको पक्ष वा विपक्षमा लाग्नु नहुने, मतदानस्थलमा अनावश्यक प्रश्न गरेर मतदान प्रक्रियामा खटिएका कर्मचारीको काममा व्यवधान गर्नु नहुनेलगायत विषयमा पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो ।

Health Tips Ad Road Block