Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्वाचनमा ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले आगामी निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको हो । त्यसैगरी अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि गृहले जनाएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी पनि टोलीले गरिरहेको गृहको भनाइ छ । यदि यस्ता गतिबिधि भएको थाहा पाइएमा कारवाही हुने गृहको चेतावनी छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै मन्त्रालयले निर्वाचन प्रहरीको बीमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताएको छ । गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको छ ।

Health Tips Ad Road Block