काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग, नेपाल र टिकटकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गरेका छन् ।
समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो।
तस्विरः प्रदीपराज वन्त/ निर्वाचन आयोग






















