काठमाडौं । अदालतको आदेशमार्फत श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन हुँदै जान थालेको छ । सामाजिक सुरक्षा कोषले एक विज्ञिप्ति जारी गरी यसबारे जानकारी दिएको हो । यसअन्तर्गत मृतक योगदानकर्ता रामानन्द शाहको परिवारले रोजगारदाताले कोषमा जम्मा गरेको रु. २० लाख ४३ हजार ६ सय ४५ रकम बराबरको चेक कोषले मृतकको आश्रित परिवार उमादेवी शाहलाई हस्तान्तरण गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम हरेक प्रतिष्ठानहरु र त्यहा कार्यरत श्रमिकहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध भई नियमित योगदान गर्नु पर्छ। यसरी योगदान गरिसकेपछि योगदानकर्ताको जीवनचक्रमा हुने जोखिमको व्यवस्थापन राज्यको संयन्त्र सामाजिक सुरक्षा कोषले लिन्छ। योगदानकर्ता र योगदानकर्ताको परिवारको स्वास्थ्य लगाएत पेन्सनको जिम्मा कोषले लिएको हुन्छ। तर सामाजिक सुरक्षा कोषमा रोजगारदाताले आफ्नो प्रतिष्ठानमा कार्यरत आफ्ना श्रमिकहरुलाई कोषमा आवद्ध नगराइ उनीहरुलाई भवितव्य केहि भएमा त्यसको जवाफदेहिता रोजगारदाताकै हुने कुरा ऐनको दफा १७ ले भनेको छ । यस्तो अवस्थामा रोजगारदाताको खाता समेत रोक्का गराई श्रमिकको अधिकार सुनिश्चित गराउनु पर्ने काम ऐनले कोषलाई दिएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम रोजगारदाता र श्रमिकहरु अनिवार्य कोषमा आवद्ध भई योगदान गर्नु पर्ने कानूनी प्रवन्धलाई कार्यान्वयन नगर्दा श्रमिकको मृत्यु भएको कारणबाट श्रमकिको परिवारले पाउनु पर्ने पेन्सन रकम उपलब्ध गराउन मृतक योगदानकर्ता रामानन्द शाहको परिवारले कोषमा निवेदन दिएको र कानून बमोजिम कोषले रोजगारदातालाई रु २० लाख ४३ हजार ६ सय ४५ उपलब्ध गराउन आदेश दिएको थियो। तर रोजगारदाता प्रतिष्ठान कोषको सो आदेश उपर उच्च अदालत गएकोमा उच्च अदालतले पनि कोषको आदेशलाई सदर गरेको थियो। रोजगारदाता प्रतिष्ठान पुन उच्च अदालतको फैसला उपर सर्वोच्च अदालत दोर्याई पाँउ को लागि गएकोमा सर्वोच्चले निश्सा नदिई उच्च अदालतको फैसला नै ठिक भनि श्रमिकको सामाजिक सुरक्षाको हक योगदान नियमित गर्दा सामाजिक सुरक्षा कोषको र नियमित योगदान नगरेमा कानूनले प्रवन्ध गरे बमोजिम रोजगारदातको दायित्व हुने विषयलाई ठहर गरेको छ।उक्त निणर्य कार्यान्वय गर्न रोजगारदाताद्धारा मृतकको परिवार उमादेवीलाई उपलब्ध गराउने गरी रोजगारदाताले कोषमा जम्मा गरेकोरु २० लाख ४३ हजार ६ सय ४५ रकम बराबरको चेक कोषले मृतकको आश्रित परिवार उमादेवीलाई हस्तान्तरण गरेको छ।’
कोषले सम्पूर्ण रोजगारदाताहरुलाई कोषमा आफ्ना कर्मचारीहरुलाई आवद्ध गरी नियमित योगदान गरी नियमित सानो योगदानबाट श्रमिकहरुको सुरक्षाको प्रत्याभूत गर्दै रोजगारदाताको सम्भावित असिमित दायित्व कोषमा हस्तान्तरण गर्नको लागि पनि सबैलाई अनुरोध गरेको छ ।






















