ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

स्वास्थ्य बीमाबारे समस्या देखिन थालेपछि प्रधानमन्त्री कार्कीले बोलाईन् बैठक

काठमाडौं । स्वास्थ्य बीमाका सम्बन्धमा समस्या देखिन थालेपछि प्रधानमन्त्री सुशिला कार्कीले आज सरोकारवालाहरुलाई छलफलमा बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीले दिउँसो साढे १ बजेका लागि सरोकारवाला सबैलाई छलफलका लागि बोलाएकी हुन् ।

पछिल्लो समय स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नपाएको भन्दै कतिपय अस्पतालहरुले बीमा सेवा नै बन्द गरेका छन् भने स्वास्थ्य बीमा कार्यक्रमको रकम धान्न नसकेको भन्दै फागुन १ गतेदेखि लागु हुनेगरी ओपीडी सेवामा पाँच जनाको परिवारलाई २५ हजार रुपैयाँको सीमा लागु गर्ने निर्णय सरकारी तवरबाटै भएको छ । यी सबै क्षेत्रमा छलफल गरी प्रधानमन्त्री कार्कीले आवश्यक निर्देशन दिने बताइएको छ ।

 

Health Tips Ad Road Block