Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्वाचन तयारी, सुरक्षा व्यवस्था,आचारसंहिता पालनाबारे मन्त्रीहरुले थाले अनुगमन, अर्थमन्त्री पुगे गाेरखा

Citizenlife ad 2082 falgun to baishak 2083

गोरखा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । जिल्लाको निवार्चन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गोरखा जिल्लामा निर्वाचन आचारसंहिता उल्लघनका कुनै पनि उजुरी नपरेको, २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री ढुवानी गर्नुपर्ने अवस्था रहेको र ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको अर्थमन्त्रीलाई जानकारी गराए ।

अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी अर्थमन्त्रले निर्वाचन तयारीको जानकारी लिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन वेल्वासे, जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेक बहादुर कोइरालाले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए । निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमनपश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको र स्थानीयस्तरमा राजनीतिक दलहरुबीच निर्वाचनका क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको आफूलाई अनुभूति भएको बताएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

Health Tips Ad Road Block