Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ॐ समाज डेण्टलद्वारा चाबहिलमा अत्याधुनिक सुविधा, अब जटिल मुख–अनुहार शल्यक्रियाका लागि विदेश जानु नपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, जबडा (अजुहार), अनुहार तथा घाँटीसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि पूर्णरूपमा समर्पित नेपालमै पहिलो समर्पित मुख तथा अनुहारकाे म्याक्सिलोफेसियल अस्पताल निर्माण हुने भएको छ। दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको चाबहिल (चिसाबेल) क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण प्रक्रिया औपचारिकरूपमा अगाडि बढाएको हो।

यो अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारको अभावमा भारत, थाइल्याण्डलगायत तेस्रो मुलुक जान बाध्य हुँदै आएका हजारौं नेपाली बिरामीहरूका लागि ठूलो राहत र नयाँ आशाको केन्द्र बन्ने विश्वास गरिएको छ। नेपालमा मुख तथा अनुहार म्याक्सिलोफेसियल सेवाको सुरुआत त्रिवि शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल)बाट भए पनि यस क्षेत्रका लागि छुट्टै, पूर्णरूपमा समर्पित, आधुनिक र विशेषज्ञस्तरीय अस्पताल संरचना हालसम्म निर्माण हुन सकेको थिएन। यही अभावलाई मध्यनजर गर्दै ॐ समाज डेण्टल अस्पतालले देशमै पहिलो पटक समर्पित म्याक्सिलोफेसियल अस्पताल स्थापना गर्न लागेको हो। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यो पहलले नेपालको दन्त तथा शल्यचिकित्सा सेवामा नयाँ युगको सुरुआत गर्नेछ।

अस्पतालका वरिष्ठ मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेका अनुसार नेपालमा ट्राफिक तथा औद्योगिक दुर्घटना, अनुहारमा गम्भीर चोटपटक, जबडा भाँचिने समस्या, मुख तथा अनुहारको क्यान्सर, भित्री मुखका ट्युमर, संक्रमण तथा जन्मजात दोषका घटनाहरू उल्लेखनीयरूपमा बढ्दै गएका छन्। “यी जटिल समस्याहरू सामान्य दन्त चिकित्सक वा सामान्य शल्यचिकित्सकबाट समाधान सम्भव हुँदैन। यसका लागि विशेष तालिम प्राप्त म्याक्सिलोफेसियल शल्यचिकित्सक, अत्याधुनिक उपकरण र पूर्ण संरचना आवश्यक पर्छ,” डा. घिमिरे भन्छन् । । घिमिरेका अनुसार हालसम्म यस्ता जटिल उपचारका लागि धेरै नेपाली बिरामीहरू विदेश जान बाध्य छन्, जसले आर्थिक भार, समयको क्षति र मानसिक तनाव बढाउँदै आएको छ। “अब उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउने हाम्रो लक्ष्य हो। नेपालमै सुरक्षित, किफायती र विश्वस्तरीय म्याक्सिलोफेसियल सेवा उपलब्ध गराउनेछौं,” उनले विश्वास व्यक्त गरे।

मुख तथा अजुहार शल्यचिकित्सक को हुन् ?

मुख तथा अजुहार (म्याक्सिलोफेसियल) शल्यचिकित्सक भनेका मुख, दाँत, जबडा (अजुहार), अनुहार तथा घाँटीसम्बन्धी जटिल रोग, चोटपटक र विकृतिहरूको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सक हुन्। यस्ता चिकित्सकहरूले दन्त चिकित्सा (Dentistry) विषयमा औपचारिक अध्ययन पूरा गरी त्यसपछि मुख तथा अजुहार शल्यचिकित्सामा विशेष तालिम र उच्च अध्ययन गरेका हुन्छन्।

मौखिक तथा म्याक्सिलोफेसियल शल्यक्रिया के हो ?

मौखिक तथा म्याक्सिलोफेसियल शल्यक्रिया दन्त विज्ञान र शल्यचिकित्साको सबैभन्दा जटिल तथा उन्नत शाखा मानिन्छ। यस अन्तर्गत अनुहारको चोटपटक, जबडा भाँचिने समस्या, मुखभित्रको गम्भीर संक्रमण, क्यान्सर तथा ट्युमरको उपचार, हड्डी तथा तन्तु पुनर्निर्माण, अर्थोग्न्याथिक शल्यक्रिया, जटिल दन्त प्रत्यारोपण तथा पूर्ण अनुहार पुनर्निर्माणजस्ता उपचारहरू समावेश हुन्छन्। समयमै सही उपचार नपाएमा यस्ता समस्या जीवनघातक बन्न सक्ने चिकित्सकहरू बताउँछन्। अत्याधुनिक सुविधासहितको अस्पताल चाबहिल (चिसाबेल) क्षेत्रमा निर्माण हुने उक्त अस्पतालमा आधुनिक अपरेशन थिएटर, थ्री–डी डिजिटल इमेजिङ तथा स्क्यानिङ प्रणाली, इन–हाउस प्रयोगशाला, आईसीयू, आपतकालीन कक्ष, एनेस्थेसिया विभाग, फेसियल ट्रमा युनिट तथा अपरेटिभ रिकभरी वार्डजस्ता अत्याधुनिक सुविधाहरू रहनेछन्। अस्पतालले एकै छानामुनि सम्पूर्ण म्याक्सिलोफेसियल उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

सामाजिक सेवामा ॐ समाज डेण्टल अस्पतालले विगत केही वर्षदेखि चाबहिल, नैकाप, बंन्सथलि, सातदोबाटो तथा बर्दिबासलगायत स्थानहरूमा किफायती, भरपर्दो र पहुँचयोग्य दन्त सेवाहरू प्रदान गर्दै आएको छ। नियमित निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा कम लागतमा गुणस्तरीय उपचारमार्फत संस्थाले समाजमा बलियो विश्वास निर्माण गरेको छ। नयाँ अस्पताल सञ्चालनमा आएपछि यो नेपालमा स्थापना हुने पहिलो समर्पित मुख तथा अनुहार म्याक्सिलोफेसियल अस्पताल हुनेछ। यसले हजारौं नेपाली बिरामीलाई स्वदेशमै विश्वस्तरीय उपचार उपलब्ध गराउँदै विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block