Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अहिलेसम्म निपाह भाइरस नदेखिएपनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ ।मानिसको स्वास्थ्यका लागि घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म नदेखिएपनि जोखिम धेरै रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको छ । शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईवस्तु हुँदै मानिसमा सर्ने गर्दछ । उनका अनुसार संक्रमित व्यक्तिको रगत वा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो रोग फैलिन सक्नेछ ।

लक्षणमा ज्वरो आउनु, टाउको दुखाइ, रिङ्गटा, श्वासप्रश्वासमा कठिनाइ देखिनेछ । समयमै उपचार नपाए मृत्यु दर ४० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।

हालसम्म शुरुवाती कोरोना भाइरस जस्तै यसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन । चिकित्सकहरूले फलफूल राम्ररी पखालेर खाने, मासु पकाउँदा पन्जा र मास्क प्रयोग गर्न, पानी उमालेर पिउने, हात साबुनपानीले धुने र भिडभाडमा मास्क लगाउन सुझाव दिएका छन् ।

नेपालमा अहिलेसम्म निपाह भाइरस पुष्टि नभए पनि नेपालको सिमा जोडिएको भारतीय राज्यमा सतर्कता अत्यावश्यक मानिएको छ ।

Health Tips Ad Road Block