Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सीजी मोटर्सकाे “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” शुरु, एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं | नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्दै सीजी मोटर्सले नेपालकै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी (EV) ब्रान्डहरूलाई एउटै स्थानमा समेटिएको “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को औपचारिक शुभारम्भ गरेको छ। कार्यक्रम माघ १५ देखि १८, २०८२ सम्म, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौंमा कार्निभल सञ्चालन भइरहेको छ।

नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको सीजी मोटर्सले आयोजना गरेको यो चार दिने मेगा कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीकाे भनाइ छ । यस कार्निभलमा अधिकतम रु. १० लाखसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन्। नेपालमा पहिलो पटक ७ फरक ब्रान्डहरू सहभागी भएको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुनु विशेष आकर्षणको विषय बनेको छ।

यस कार्निभलमा विश्वप्रसिद्ध ब्रान्डहरू Smart, Xpeng, Aion, Riddara, Kinglong, Dayun, तथा Neta का अत्याधुनिक विद्युतीय सवारीहरू एकै छानामुनि अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रम दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

साथै पहिलो पटक सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड Smart लाई पनि विशेष रूपमा प्रदर्शनीमा राखेको छ, जसको एक्सक्लुसिभ टेस्ट ड्राइभ सुविधा उपलब्ध हुनेछ। Smart ब्रान्ड Geely र Mercedes-Benz बीचको रणनीतिक सहकार्यबाट विकास गरिएको विश्वप्रसिद्ध इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो, जसले अत्याधुनिक प्रविधि, लक्जरी डिजाइन र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।
ग्राहकहरूलाई ईभी स्वामित्व अझ सहज र किफायती बनाउन सीजी मोटर्सले निम्न विशेष लाभहरू प्रदान गरिरहेको छ: अधिकतम रु. १० लाखसम्म नगद छुट, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा, एक वर्षको Autoplus बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जर पाउने छन्।

सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्। सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सक्नेछन्। यसले कार्निभललाई केवल बिक्री कार्यक्रम मात्र नभई पूर्ण जीवनशैली तथा सामुदायिक उत्सवको रूपमा स्थापित गरेको कम्पनीकाे दाबी छ।

नेपाल दिगो र वातावरणमैत्री यातायाततर्फ तीव्ररूपमा अघि बढिरहेको सन्दर्भमा सीजी मोटर्सले विश्वस्तरीय विद्युतीय सवारी, उत्कृष्ट बिक्रीपछिको सेवा तथा ग्राहक केन्द्रित समाधानमार्फत बजार नेतृत्व गर्दै आइरहेको छ।

इच्छुक ग्राहकहरूलाई कार्यक्रम अवधिभर एलिस रिसेप्सन, गैरीधारामा उपस्थित भई सीमित समयका विशेष अफरहरूको लाभ लिन वा थप जानकारीका लागि +९७७ ९८०-२३४३१९९ मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेकाे छ।

Health Tips Ad Road Block