काठमाडौं । आज पुस १४ गते बुधबार तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजो ३ लाख ९ हजार ३ सयमा सुनको मूल्यमा रेकर्ड कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड बनाएको छ । हिजो ६७८० रुपैयाँ प्रतितोलामा चाँदीको मूल्यमा रेकर्ड कायम भएको थियो ।






















