skip this News Page Tips Ad Road Block

प्रचण्डलाई धक्का दिँदै एमालेः रुकुममा जनार्दन शर्माको पार्टीलाई सघाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले जनार्दन शर्माको पार्टीलाई रुकुममा सघाउँदै प्रचण्डलाई धक्का दिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीले एक सहमतीपत्रमा हस्ताक्षर गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा एक अर्कालाई सघाउने सहमति गरेका हुन् । दुई पार्टीबीच ३ बुँदे सहमति भएको हो । सहमतीपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ ।

दोस्रो बुँदामा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा (एमाले) का उम्मेद्वारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।

त्यसैगरी तेस्रो बुँदामा दुवै पार्टीहरुले यी सहमति कार्यान्वयन गर्न आ–आफ्‌नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ ।

Health Tips Ad Road Block