विराटनगर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।
उनी कांग्रेस-एमाले गठबन्धनबाट उम्मेदवार थिइन् र निर्वाचित भएकी हुन् ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ७१७३ मतभार रहेको थियो । त्यसमा प्रदेश सभाको ८७ र स्थानीय तहको २५८ रहेको थियो । त्यसमध्ये मेचेले सूर्य चिन्हबाट प्रदेश सभामा ६४ मत पाइन् । निकटत्तम प्रतिष्पधि तारा चिन्हले २२ मत पाउँदा एक मत बदर भएको थियो ।
त्यस्तै स्थानीय तहक २५८ मध्ये सुर्य चिन्हमा १९९, तारा चिन्हमा ५८ मत प्राप्त भएको थियो भने एक मत बदर भएको थियो ।





















