Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टी–२० विश्वकपमा नेपालको प्रतिस्पर्धी बंगलादेशको ठाउँमा स्कटल्याण्ड हुँदा नेपाललाई फाइदा कि घाटा ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपबाट बैंगलादेश बाहिरिएपछि उसको स्थानमा स्कटल्याण्डले खेल्ने भएको छ । यसपछि विभिन्न अड्कलबाजीहरु सुरु भएका छन् । भारतमा सुरक्षाप्रति कारण देखाउँदै बंगलादेशले जान नसक्ने बताएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बंगलादेशलाई हटाएर स्कटल्याण्डलाई भित्र्याएको हो । बगलादेशले नखेल्ने भएपछि आईसीसीले टी–२० वरीयताका आधारमा स्कटल्यान्डले मौका पाएको हो । प्रतियोगितामा छानिएको स्कटल्यान्ड एसोसिएट राष्ट्र हो । विश्व क्रिकेटमा स्कटल्यान्ड र नेपाल एकै स्तरका टिमका हुन् ।

बंगलादेशको बहिर्गमनले समूहबाट बलियो टेस्ट राष्ट्र बाहिरिँदा तेस्रोपटक विश्वकप खेल्न लागेको नेपालको सुपर–८ मा जाने सम्भावना बढेको विश्लेषकहरु बताउँछन् । फाइदा नेपाललाई भएकाे उनीहरुकाे तर्क ५ । यद्दपि यही समूहमा विश्वकप विजेता भइसकेका इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता बलियाको सामना गर्न भने नेपाललाई चुनौतीपूर्ण नै देखिन्छ ।

पछिल्ला वर्षमा भारत र बंगलादेशबीच कुटनीतिक तनाव रहेको छ ।

नेपाल रहेको समूहमा यसअघि इटली, इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज र बंगलादेश रहेका थिए भने अब बंगलादेशको ठाउँमा स्कटल्याण्डले खेल्नेछ ।

Health Tips Ad Road Block