Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारी अनुगमनकाक्रममा कैफियत भेटिएपछि २ लाखभन्दा बढी जरिवाना

हिमालयन ब्रुअरीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नियमित बजार अनुमगन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गर्यो । सोहीक्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना लगाइदियो । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरेको विभागले जनाएको छ ।

त्यसैगरी विभागले हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले सूचनामार्फत जानकारी दिएको छ । बिहीबारको अनुगमनको बारवाही हो यो । बुधबार विभागले २० कम्पनी तथा फर्ममाथि अनुगमन गरेको थियो । मंगलबार मात्रै १३ कम्पनी तथा फर्मको अनुगमन गरेको थियो । त्यसदिन पनि एक कम्पनीमाथि ५० हजार जरिवाना लगाइएको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा विभागले नियमितरूपमा बजार अनुमगन गरिरहेको छ ।

 

Health Tips Ad Road Block