Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा बैंकका ग्राहकलाई बीग मार्टमा आकर्षक क्यासब्याक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंकले बीग मार्ट क्यासब्याक योजनाको पहिलो चरणको सफलतापश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बीग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु.२०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागु हुने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

 

Health Tips Ad Road Block