Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चिसोको समयमा आगो, बिजुलीको हिटरको प्रयोगले दुर्घटना एवम् जनधनको क्षति हुने भएकोले सावधानी अपनाऔं !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिसोको समयमा आगो, बिजुलीको हिटरजस्ता सामाग्रीको प्रयोगले दुर्घटना एवम् जनधनको क्षति हुने भएकोले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा संचार केन्द्रले एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

केन्द्रका अनुसार सावधानी अपनाउनुपर्ने विषयहरु यसप्रकार रहेका छन्:

–चिसोबाट बच्न, न्यानो रहन न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने ।

–आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने ।

–आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामाग्रीबाट बच्चाहरुलाई टाढै राख्ने ।

–खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउने ।

–ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने । ग्यास खुला भएको वा चुहावट भएको बेला सलाई, बिजुली बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील वा व्याट्रीजन्य वा विद्युतीय सामानहरुको प्रयोग गर्दा ठूलो विष्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने ।

–ग्याँस चूलो, पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने ।

–ग्यास चूलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने ।

–आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने ।

–हावा आवतजावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यान जानसक्ने हुँदा हावा आवतजावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने ।

आगोले पोलिहालेमा के गर्ने ?

–आगोले पोलिहालेमा आत्तिएर नदौडिने र भुँइमा पल्टेर लडीबुडी गर्ने साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने ।

–आगो निभेपछि लुगा, घडी र गहनाहरु फुकाल्ने त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने ।

आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्यमा संस्थामा लैजाने ।

Health Tips Ad Road Block