Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिट्मसद्वारा इलेक्ट्रिशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रिशियनहरूका लागि सीप सुधार कार्यक्रम शुरुवात गरेको छ । शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमुलक कार्यक्रम सुरुमा काठमाडौँमा गर्न लागिएको र निकट भविष्यमै देशव्यापी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सीप सुधार कार्यक्रम लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रिशियनहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसले कम्पनीले आफ्ना ग्राहकप्रति राखेको जिम्मेवारी र योगदानको प्रतिबिम्ब देखाउने बताएको छ । यस पहलमार्फत लिट्मसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित इलेक्ट्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

बीस दिने तालिम कार्यक्रमले सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ । यसमा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् । इलेक्ट्रिशियनहरूको दक्षता बढाएर सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

यो तालिम सिटिइभीटीसँग आबद्ध बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले संरचित, उद्योग–सम्बन्धित र मापदण्डयुक्त प्राविधिक शिक्षा सुनिश्चित गर्नेछ ।

कार्यक्रमको औपचारिक शुरुवात लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील कुमार श्रेष्ठबीच भएको हस्ताक्षर समारोहमार्फत गरिएको हो ।

समारोहमा लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ताले भनिन्, “यो पहल तालिम मात्र नभएर समाज र ग्राहकप्रतिको हाम्रो जिम्मेवारी हो । लिट्मस सधैं आफ्ना ग्राहकसँग उभिएको छ र सधैं उभिरहनेछ, शिक्षा र सीप विकासको यो कार्यक्रम मार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापनालाई प्रवद्र्धन गर्नेछ । काठमाडौँबाट सुरु गरिएको यो तालिम देशभर विस्तार गर्न पाउँदा हामी गर्वान्वित छौं ।”

बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील कुमार श्रेष्ठले आफ्ना धारणा व्यक्त गर्दै भने, “लिट्मस इन्डस्ट्रिज लिमिटेडजस्तो प्रतिष्ठित कम्पनीसँग यो महत्वपूर्ण पहलमा सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । यस कार्यक्रमले इलेक्ट्रीशियनहरूको सीप, व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा वृद्धि गरी समाजमा सकारात्मक प्रभाव पार्नेछ ।”

“शिक्षा । दक्षता । सुरक्षा” भन्ने नाराबाट प्रेरित लिट्मसको सीप सुधार कार्यक्रमले इलेक्ट्रिशियनहरूलाई सशक्त बनाउने, सुरक्षा मापदण्ड सुधार गर्ने र नेपालमा दक्ष प्राविधिक जनशक्ति विकासमा योगदान पु¥याउने कम्पनीको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाएको दाबी गरिएको छ ।

लिट्मस इन्डस्ट्रिज लिमिटेडको बारेमा

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको छ । देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै, लिट्मसले अन्तर्राष्ट्रियस्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगमा विश्वास र प्रगति फैलाउँदै आएको छ ।

 

Health Tips Ad Road Block