पनौती । नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्ससमिति निर्विरोध निर्वाचित गरेको छ। महाधिवेशनबाट प्रल्हाद दाहाल पुनः अध्यक्ष भएका छन् ।
निर्वाचन समितिका संयोजक प्रल्हाद महतले नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिबारे जानकारी दिएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपप्रसाद धमला, उपाध्यक्षहरुमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुषाल, उप महासचिवमा विजयप्रसाद चौरासिया, सह सचिवमा रमेश सञ्जेल, सह कोषाध्यक्षमा आशिषकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
एशोसियसनको कार्यसमिति सदस्यहरु शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाईँ, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाईँ, पवनप्रसाद बास्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त निर्वाचित भएका छन् ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो ।
साधारण सभा तथा महाधिवेशनको अवसरमा पूर्व सचिव डा.बंशी शर्मालाई एशोसियसनले राष्ट्रिय सम्मान गरेको छ । त्यस्तै पत्रकारितामार्फत डेरी क्षेत्रलाई प्रचार प्रसार गरी सहयोग पुर्याएकोमा उत्कृष्ट संचारकर्मी पुरस्कार नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ । त्यस्तै संचारमाध्यमका रुपमा काभ्रेबाट प्रकाशित हुने नव क्षितिज साप्ताहिक सम्मानित भएको छ । उक्त पत्रिकाका सम्पादक नवराज बजगाईँले पुरस्कार ग्रहण गरेका थिए । त्यस्तै दीर्घसेवा सम्मानबाट सुरेशबहादुर श्रेष्ठ, उत्कृष्ट प्रदेश समितिबाट सुदूरपश्चिम, जिल्ला समितिबाट धनकुटा, डेरीहरुका तर्फबाट हरि नेपाल, विष्णु बोहोरा, चन्द्रबहादुर गुरुङ, प्रकाश मुडभरी, उत्तमबहादुर चन्द, रविन्द्र हुमागाई, कुलप्रसाद धमला सम्मानित भएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य उपस्थित थिए ।






















