काठमाडौं । आज पुस ७ गते एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजो २ लाख ८४ हजार ७ सय रुपैयाँमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।
सुनको मूल्यले पछिल्लो समय दैनिकरुपमा रेकर्ड कायम गररहेको छ ।
आज चाँदीको मूल्यले पनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५९२०रुपैयाँ रहेको छ । हिजो ५८८० रुपैयाँमा चाँदीको मूल्यमा रेकर्ड कायम भएको थियो ।






















