ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कार्वाही गर्ने समय आउँछः ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गर्दै निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कार्वाही गर्ने समय आउने बताएका छन् । झापा–५ आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमक नगरपालिका, ईलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले ३० वर्षअघि आफैले बनाएको घर अवलोकन गरेका थिए । उक्त घर बेचबिखन गरिसकेका थिए । तर ओलीले बनाएको घर भनि जेनजी समूहले भदौ २४ गते आगो लगाईदिएका थिए । ‘श्रीमति राधिकाको सञ्चय कोषबाट ७ लाख झिकेर ३० वर्षअघि बनाएको घर हो’, आफ्नो पुरानो घरको कोठामा पुगेर ओलीले भने ।

संयोगले सोही घरमा ३० वर्षअघि ओलीले प्रयोगमा लिएको पलङ जल्नबाट बचेको छ । त्यो समयमा पलङलाई २ हजार रुपैयाँ परेको उनले बताए । त्यस्तै दमक नगरपालिकाका प्रमुख राम थापाको जलेपछि भत्काएको घरको समेत अध्यक्ष ओलीले अवलोकन गरेका थिए । ‘आइदिनु भयो विशेष धन्यवाद । मेरो घर जलेपछि शरिरमा भएका कपडा बाहेक सबै जलेको हो’, नगर प्रमुख थापाले ओलीसँग भने ।

जेन जी आन्दोलनमा जलाइएको आफ्नो निर्वाचन क्षेत्रमा आउँदा बस्ने आवासको अध्यक्ष ओलीले अवलोकन गरेका थिए । ‘निजी तथा सरकारी सम्पत्तिलाई तोड्फोड, आगजनी गर्नेलाई कार्वाही गर्ने समय आउँछ’, उनले बताए । अध्यक्ष ओलीले नगर कमिटी पार्टी कार्यालयको अवलोकन समेत गरे ।

यसैबीच झापा ५ मा अध्यक्ष ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

Health Tips Ad Road Block