ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सम्राट सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको माटोको ढिस्कोले पुरिएर ज्यान गयो

घोराही । दाङको देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।

प्रहरीका अनुसार उद्योगको पावर प्लान्टमा काम हुँदैगर्दा खनिएको खाडलमा माटोको ढिस्को खस्दा दुई जना मजदुर पुरिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block