Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । उद्योगले १०० रुपैयाँ अंकित दरका १०,०९,५३१ कित्ताले हुन आउने १०,०९,५३,१०० रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त शेयर निष्काशनका लागि अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरुलाई आफ्ना उत्पादनहरु आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउँदै आएको छ । नेपालका अग्रणी लगानी संस्था टीम भेन्चर्सले दाना उत्पादनमा केन्द्रित कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा रणनीतिक संस्थागत लगानी गरेको छ । टीम भेन्चर्स तथा यसको सम्बद्ध साझेदारहरूले संयुक्तरूपमा रु. २१६.८ मिलियन लगानी गरेका हुन्, जसले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड मा पहिलोपटक संस्थागत पूँजी प्रवेश गराएको छ । उक्त लगानीले आर्थिक तथा सामाजिक प्रभाव सिर्जना गर्ने स्वदेशी कृषि उद्योगलाई समर्थन गर्ने टीम भेन्चर्सको प्रतिबद्धता दर्शाउँछ ।

टीम भेन्चर्सका प्रमुख लगानी अधिकृत विकास चन्द्र भण्डारीले एएमडीयूलाई दिगो दाना उत्पादनमा राष्ट्रियस्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए । एएमडीयूका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत समर्थनले कम्पनीको विस्तार, सुशासन सुदृढीकरण र आयात निर्भरता घटाउने लक्ष्यलाई गति दिने बताए । यस संस्थागत सहकार्यले एएमडीयूको आईपीओतर्फको यात्रालाई संरचित र सुदृढ बनाउँदै सार्वजनिक बजार प्रवेशको तयारीमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block