काठमाडौं । आज पुस २९ गते मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा पुगेर रेकर्ड बनाएको हो । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
हिजो २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्यले पनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ५३४० रुपैयाँमा पुगेको छ । हिजो ५१९५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजार प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशिँदै गएको हो ।























