Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यस्तो छ नयाँ टिम !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन् । सोमबार राति अबेर सम्पन्न इक्यानको २० औँ साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो । पौडेल ३४१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत प्राप्त गरेका छन् । इक्यानको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएकी छन् । उपाध्यक्षमा निर्वाचित बासुदेव दाहाल, गीता शिवाकोटी एन्ड्रयु समूहबाट निर्वाचित भएका हुन् भने विकल्पराज पोखरेल भुसाल समूहबाट उम्मेदवार रहेका थिए । पौडेल र भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए ।

महासचिवमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् । दुई सचिवमा आशिक कार्की र सुरज सिलवाल विजयी भएका छन् । उनीहरू दुवै जना भुसाल प्यानलका हुन् । कोषाध्यक्षमा पौडेल प्यानलका साधना पुडासैनी र सह–कोषाध्यक्षमा भुसाल प्यानलका गोविन्द खनाल विजयी भएका छन् । सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव वन, कमलप्रसाद तिमल्सिना, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जिव पाण्डे र शिवप्रसाद अर्याल विजयी भएका छन् ।

Health Tips Ad Road Block