Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१) बमोजिम सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा आउँदो आइतबार बिहान ११ बजे सङ्घीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रवक्ता शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ पुस २८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

Health Tips Ad Road Block