Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बैंक तथा वित्तबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा ११.९५ प्रतिशतले बढ्यो, बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब लगानी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई रु.१६ खर्व ९९ अर्व ४९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकअनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ।

औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु.१२ खर्व ८० अर्व ९७ करोड कर्जा लगानी रहेको छ ।

त्यसपछि कोशी र लुम्बिनी प्रदेशको हिस्सा औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५ प्रतिशत, मधेश प्रदेशको ७.५ प्रतिशत, बागमती प्रदेशको ७१.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुम्बिनी प्रदेशको ८.३ प्रतिशत, कर्णाली प्रदेशको ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६ प्रतिशत रहेको छ।

Health Tips Ad Road Block