Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा स्थानीयले आजसम्म आवेदन दिनसक्ने 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाबासीहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block