काठमाडौं । आज पुस २३ गते बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४९३५ रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि ४८९५ रुपैयाँ सम्ममा चाँदीको कारोबार भएको रेकर्ड छ ।
आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा आइपुगेको छ । हिजो सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो ।






















