काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक (Xtreme Energy Drink) को “World Cup Xtreme Energy Drink Fan”र म्याक्स टाइगर इनर्जी ड्रिंक (Max Tiger Energy Drink) को “World Cup Max Tiger Energy Drink Fan”योजना सार्वजनिक गरिएको छ। यस योजना अन्तर्गत सहभागी भाग्यशाली उपभोक्ताहरूले ४ दिनको मुम्बई भ्रमण सहित T20 विश्वकपमा नेपालको १ खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्।
यस योजना अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले नेपालको १५ प्रमुख शहरहरूमा आयोजना गर्ने ब्रान्ड प्रर्वधनको कार्यक्रममार्फत १५ जना र सामाजिक सञ्जालमार्फत २५ जना गरी कुल ४० जना विजेताहरू छनोट गरिने छ।
योजनामा स«हभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको खरिद गरी फोटो वा भिडियो बनाएर फेसवुक वा इंस्टाग्राममा ह्यासट्याग #T20XtremeEnergydrink, #T20maxtigerEnergydrink राखी समाजिक संञ्जालमा पोस्ट गर्नुपर्नेछ।
सहभागीहरूमध्येबाट २५ जना विजेताहरूको घोषणा एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको फेसवुक पेजमार्फत प्रत्यक्ष प्रसारण -Facebook Live_ मा गोलाप्रथाको माध्यम बाट गरिनेछ भने, बाँकी १५ विजेताको छनोट ब्रान्ड प्रर्वधनको कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्ता बाट गोलाप्रथाको माध्यम बाट कार्यक्रम स्थलमानै गरिनेछ। ब्रान्ड प्रर्वधनको कार्यक्रमहुने मुख्य शहर र स्थानसंग संम्वन्धी संम्पूर्ण जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको आधिकारिक फेसवुक पेजमा हेर्न सकिनेछ ।
योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुनेछ।
यस योजनामार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको उत्पदक एग्रो थाई फुड्स प्रा.लिले उपभोक्तालाई उर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य राखेको जानकारी दिएको छ ।






















