Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०२५ भर ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले यो तथ्याँक सार्वजनिक गरेको हो । यो तथ्याँक गत वर्ष सन् २०२४ को आगमनभन्दा बढी हो र महामारी अघिको अवधिको तुलनामा ९७ प्रतिशत रिकभरी भएको बोर्डले जनाएको छ ।

डिसेम्बर २०२५ मा मात्रै ९८ हजार १९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् जुन डिसेम्बर २०२४ को महिनाको तुलनामा ७ प्रतिशतले बढी हो र महामारी अघिको आगमनको तुलनामा यो ९७ प्रतिशत रिकभरी हो।

सबैभन्दा धेरै पर्यटक नेपाल आएका पाँच देशहरुः

भारतः २, ९२,४३८ (२५.।२ प्रतिशत)

संयुक्त राज्य अमेरिकाः १, १२,३१६ (९.७ प्रतिशत)

चीनः ९५,४८० (८.२ प्रतिशत)

बेलायतः ५८,६८४ (५.१ प्रतिशत)

बंगलादेशः ५७,५४५ (५ प्रतिशत)

क्षेत्रीय हिसाबले सबैभन्दा धेरै पर्यटक आगमन

दक्षिण एसिया (सार्क): ४,०८,१०३ (३५.२ प्रतिशत)

एशिया (अन्य): २,५३,३११ (२१.९ प्रतिशत)

युरोपः २,२१,०१८ (१९.१ प्रतिशत)

अमेरिकाः १, ३५,५०३ (११.७ प्रतिशत)

महासागरः ५३,६९५ (४.६ प्रतिशत)

मध्य पूर्वः २०,५०४ १.८ प्रतिशत)

अफ्रिकाः ४,३२० (०.४ प्रतिशत)

अन्यः ६२,००५ (५.५ प्रतिशत)

अन्य वित्तीय सूचकहरूमा आर्थिक वर्ष २०८२/८३ अर्थात् साउनदेखि कार्तिक सम्ममा २७,१५२.५५ मिलियन नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याँकले बताउँछ । यही अवधिमा ४७६ परियोजनाहरूमा नेपाली रुपैयाँ ३०,२६३ मिलियन बराबरको पर्यटनमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ ।

Health Tips Ad Road Block