Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान प्रभावकारी रुपमा अघि बढेको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ । डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुलुकको भविष्य निर्माणको आधार पनि हो, ।’ प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने अभियानको मुख्य लक्ष्य रहेको श्रेष्ठले बताए । विशेषगरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारलार्य प्राथमिकता दिइएको डिजी स्कुलले जनाएको छ ।

डिजी स्कुलमार्फत शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

डिजी स्कुल अभियानले विद्यालय शिक्षालाई समय अनुकूल बनाउँदै २१ औँ शताब्दीको सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । सो कार्यक्रमबाट २ सय ५० विद्यालयका विद्यार्थी लावान्वित भएका छन्। आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्यसहित डिजी स्कुल अभियानलाई विस्तार गरिने बताइएको छ ।

यस अभियानले विद्यालय प्रशासनलाई पनि डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन मद्दत पुर्‍याएको बताइएको छ । शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य बन्दै गएको वर्तमान सन्दर्भमा डिजी स्कुल अभियानलाई सरकारी, निजी तथा सामुदायिक विद्यालयहरूबीच सहकार्यको उदाहरणका रूपमा हेरिएको छ। डिजिटल साक्षर समाज निर्माणतर्फ अग्रसर यस अभियानले नेपालको शिक्षा प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्थापनाको ५ वर्ष प्रवेश गरेको अवसरमा डिजी स्कुलले विद्यार्थी लक्षित डिजी मेडिकल सेवा, विद्यालयमै स्वास्थ्य परिक्षण सेवा समूह दुर्घटना बीमा जस्ता कार्यक्रम पनि ल्याएको छ ।

Health Tips Ad Road Block