Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालय रोडिज सिजन ७ का विजेता अनिश तामाङलाई यामाहा FZ V3 हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ सिजन १४ पुष २०८२ मा ग्रान्ड फिनाले प्रसारण भएसँगै सफलतापूर्वक सम्पन्न भएको छ। बुधबार आयोजित पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको समापन गरिएको हो। यस सिजनले देशभरका युवाहरूको ध्यान आकर्षित गर्दै नेपाली रियालिटी टेलिभिजनमा नयाँ बेन्चमार्क बनाउन सफल भएकाे दाबी गरिएकाे छ ।

हिमालय रोडिज सिजन ७ का विजेता झापाका २६ वर्षीय अनिश तामाङ छन्, जो पेशागत रूपमा नेपाली सेनामा कार्यरत हुन् । निरन्तर उत्कृष्ट प्रदर्शन, शारीरिक क्षमता, मानसिक दृढता र अठोटका आधारमा अनिश सिजनकै सबैभन्दा सबल प्रतिस्पर्धीका रूपमा उभिन सफल भए ।  यहि क्षमताका कारण उनले दर्शक, ग्यांग लिडर र निर्णायक सबैबाट प्रशंसा पाउन सफल भएका थिए। शोका दौरान उनले देखाएको अनुशासन, साहस र धैर्यताको परिचयले हिमालय रोडिजको मूल भावनालाई समेत स्पष्ट रूपमा प्रतिनिधित्व गरेको छ।

पुरस्कार हस्तान्तरण समारोहमा अनिश तामाङलाई औपचारिक रूपमा विजेताका पुरस्कार प्रदान गरिएको थियो। टाइटल स्पोन्सरका रूपमा यामाहा रेसिङले पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा FZ V3 प्रदान गरेको थियो। साथै कार्यक्रमको प्रसारक हिमालय टिभीले पनि उनको उल्लेखनीय उपलब्धि र मेहनतको कदर गर्दै रु. १० लाख नगद पुरस्कार प्रदान गरेको थियो।

पुरस्कार वितरण समारोहमा अनिश तामांगले आधिकारिक रूपमै विजेताको पुरस्कार पाए। उक्त अवसरमा यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले यामाहा FZ V3 हस्तान्तरण गरे । यसले प्रदर्शन, विश्वसनीयता र युवामुखी मोबिलिटीप्रति यामाहाको निरन्तर प्रतिबद्धतालाई दर्शाउँछ। साथै हिमालय टिभीले पनि नगद पुरस्कार प्रदान गर्दै सिजनभर अनिशको समर्पण र उत्कृष्ट प्रदर्शनको सम्मान गरेकाे छ ।

यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७: हेल्ल ओर हेएवेन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो, जसमा १८ वटा एपिसोड थिए। पोखरामा बनाएको आकर्षक यात्रा एपिसोडहरू र शोको इतिहासमै पहिलो महिला फाइनलिस्ट प्रस्तुत गरिएको कारण यो सिजन विशेष रूपमा चर्चित रह्यो। सिजनमा अनूप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा देखिएका थिए भने कार्यक्रमको होस्टिङ अमन प्रताप अधिकारी र रेयमन दास श्रेष्ठले गरेका थिए ।

टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालले हिमालय रोडिज जस्ता प्लेटफर्ममार्फत युवाको सहभागिता र सशक्तीकरणलाई निरन्तर समर्थन गर्दै आएको छ। यामाहाको सहभागिता केवल ब्रान्डिङमा सीमित नरही, युवालाई साहसी यात्रातर्फ प्रेरित गर्ने र साहसिक भावनाको उत्सव मनाउने उद्देश्यमा केन्द्रित छ। यसले यामाहा र नेपाली युवाबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।

सिजन ७ को सफल समापनसँगै हिमालय रोडिजले नेपालकै सबैभन्दा निरन्तर र प्रभावशाली साहसिक रियालिटी शोको रूपमा आफ्नो स्थान पुनः प्रमाणित गरेको छ। पुरस्कार हस्तान्तरण समारोहसँगै यो सिजन औपचारिक रूपमा सम्पन्न भएको छ, जहाँ केवल एक विजेता मात्र होइन, युवावस्था, साहस र दृढताको भावनालाई समेत उत्सवका रूपमा मनाइएको छ।

Health Tips Ad Road Block