Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अँग्रेजी नयाँ वर्ष सन् २०२६ को शुरुवातसँगै बजारमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अँग्रेजी नयाँ वर्ष सन् २०२६ को शुरुवातसँगै बजारमा घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज बिहानदेखि लागु हुनेगरी नेपाल आयल निगमले मूल्य घटाएको हो । निगम सञ्चालक समितिको बुधबारको निर्णयानुसार आज बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले घटाईएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। साथै एलपि ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेर आएको भएतापनि उपभोक्ताको हितलाई ध्यायनमा राखि एलपि ग्यासको बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

निगममा इण्डियन आयल कर्पोरेशनबाट ३१ डिसेम्बर, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ४.१९, डिजेलमा रु. ५.०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रु. ८.१५ ले घटेर आएको तथा एलपि ग्याँसमा प्रति सिलिण्डर रू.१००.३५ ले बढेर आएको छ।

हेर्नुहोस् घटेर आएपछि मूल्य कति पर्छ अब ?

 

Health Tips Ad Road Block