Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो ।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए। उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने उनले बताए ।

Health Tips Ad Road Block