Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शितलहरका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई, वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको छ । केही स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) ले जनाएको छ । त्यसैले राजमार्ग पनि एकतर्फी मात्रै सञ्चालनमा भइरहेको निर्देशनालयले एक सूचनामार्फत जानकारी दिएको छ । आयोजनाले वैकल्पिक सडकहरुको प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रयोग गर्न सकिने वैकल्पिक सडकहरुः

पूर्व पश्चिम राजमार्ग हुँदै आउनेजाने सवारीसाधनः नारायणघाट–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडांडा– पाल्पा–बुटवल ।

काठमाडौँबाट बर्दघाट पश्चिम जाने÷बुटवल–काठमाडौँ जाने सवारी साधनहरुः काठमाडौँ–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल ।

दुई पांग्रे र ४ डब्लुडी चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकः दुम्कीबास–ज्यामिरे–डाँडाचोक–डमार–भुताहा ।

सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन सकिने सम्पर्क फोन नम्बरहरु यसप्रकार रहेका छन्

९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२०/९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९/९८६०४४१२२९ (परामर्शदाताको ईन्जिनियर), ९८१९८८४४१६/९८४१६००९२३ (निर्माण व्यवसायीको ईन्जिनियर)

निर्देशनालयले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध छ।

Health Tips Ad Road Block