काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा आज बयान दिने भएका छन् ।
उक्त घटनाबारे आज बाह्र बजे उनले आयोगमा बयान दिने उनको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी उनले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।






















