Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डेल्टा अटोकर्प प्रालि अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी “चिसो विन्टर, तातो अफर” नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् । मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ । यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस स्कीममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १०,००० रुपैयाँसम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४०,००० रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि डेल्टा अटोकर्पले केवल ४.९९% ब्याजदरमा ईएमआई फाइनान्स सुविधा र ०% सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिने कम्पनीले जनाएको छ ।

“जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ । प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो । गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ ।“ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतो बताउँछन् ।

‘चिसो विन्टर, तातो अफर’ २०८२ पुस ९ गते देखि २०८२ फागुन ८ अर्थात् २०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २० गतेसम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागु हुने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block