Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साधारण सभा निर्धारित मितिमा हुन्छ, कुनै रोकावट छैनः नाडा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पुस ९ गते आज हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्णरूपमा निराधार रहेको नाडाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ ।’

कार्यसमितिका सबैको नाम उल्लेख गर्दै नाडाले सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न आग्रह पनि गरेको छ ।

Health Tips Ad Road Block