काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता र छलफल भएको छ ।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी भएका छन् ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।






















