काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
पुस ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात प्रास्तावित लाभांश वितरण गरिनेछ ।






















