काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा कर्पाेरेट इन्टरनेट बैंकिङ औपचारिकरूपमा सुरुवात गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सुचारु गरेको हो ।
यस सेवामार्फत ग्राहकहरूले Hierarchical Approval Mechanism, single तथा bulk अपलोडमार्फत कारोबार गर्ने सुविधा, Maker – Checker प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् । साथै प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषताहरूसमेत उपलब्ध छन् ।
हाल यस कर्पाेरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । बैंकले यस सेवालाई Biznex नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ । Biznex मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापनलाई अझ मजबुत बनाइदिएको छ, जसले डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुर्याएको कम्पनीको भनाइ छ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूनियन पे कार्ड तथा भिसा कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्युआर, स्मार्ट पे–आइबीएफटी ९अन्तर बैंक भुत्तफनी सेवा०, स्मार्ट बैंकिङ, मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । बिगत ३ वर्षदेखि एससीटीले सञ्चालन गर्दै आएको स्मार्ट बैंकिङ सेवा संस्थाको रिटेल ओम्नी च्यानलका रुपमा स्थापित भइसकेको कम्पनीको दाबी छ । यो आधुनिक र बहुआयामिक सेवामार्फत ग्राहकहरूले एकै प्लेटफर्मबाट विभिन्न बैँकिङ सुविधा सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण तयार भएको छ । यस रिटेल बैंकिङ सेवालाई देश तथा विदेशमा रहेका लाखौं ग्राहकहरूले निरन्तर रूपमा उपयोग गरिरहेकाले, सेवा विस्तारदेखि दैनिक जीवनका वित्तीय आवश्यकतासम्मका सबै कार्यहरू अझ सरल, सुरक्षित र भरपर्दो बनेको कम्पनीको दाबी छ ।






















