काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड गत वर्षको मुनाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको पुस ६ गते आइतबार बसेको संचालक समितिको १४६ औं बैठकले आव २०८१/८२ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात् आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















