काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश लाभांश वितरण गरिनेछ ।






















