काठमाडौं । साताको पहिलो कारोबार दिन आज पुस ६ गते आइतबार चाँदीको मूल्यले पुनः नेपाली बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
यसअघि पुस २ गते कायम भएको ४०८० प्रतितोलाको रेकर्ड आज तोडिएर ४१०५ रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य भने घटेको छ । सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















