Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंका विभिन्न डान्सबार, क्लब, खाजाघर र स्पामा वेश्यावृति, नाबालिकालाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने ५ जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका(४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका–६ घर भएका ४९ वर्षीय भिम बहादुर साउद रहेका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Health Tips Ad Road Block