Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अग्रिम भुक्तानीसमेत ५ अर्ब १८ करोड दाबी भुक्तानी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिब रू. २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिब रू. ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्याङ्क रहेको छ । नेपाल बीमा प्राधिकरणले एक विज्ञप्तिमार्फत यो जानकारी दिएको हो ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिब रू. १९ अर्ब २ करोडमध्ये करिब रू. ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिब रू. ३ अर्थ ४७ करोडमध्ये करिब रू. १ अर्ब २२ करोड भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी इञ्जिनिरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब रू. ५५ करोड ४७ लाख दाबी रकममध्ये करिब रू. ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनबींमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशिलदेव सुवेदीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block