Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेशनल लाईफ इन्स्योरेन्सले शेयरधनीलाई १२ प्रतिशतभन्दा बढी लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २ गते बसेको संचालक समितिको ५६९ औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले नगद र बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांशबाट समायोजन गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र त्यहाँको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block