Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मिति मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

सोही दिन टङ्गाल, काठमाडौँमा अवस्थित टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुलार्ई पनि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यकममा विशेषतः विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक विकेश बाडेले संयुक्त रुपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए । स्कीम सहायकहरु– लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रुपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो ।

Health Tips Ad Road Block