काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बासु अधिकारी नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्था साना किसान विकास लघुवित्तको सीईओमा बासु अधिकारी नियुक्त भएका हुन् ।
वित्तीय संस्थाको पुस १ गते मंगलबार बसेको संचालक समितिको ७७ औं बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा अधिकारीलाई नियुक्ति दिने निर्णय गरेको हो ।






















